logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

बागमती प्रदेशको राष्ट्रियसभा उप-निर्वाचन : स्थानीय तहको मत देवकोटाको पक्षमा, साँझसम्म मतपरिणाम आइसक्ने


अंकुरण खबर
1.495K
Shares

बागमती प्रदेशको राष्ट्रियसभा उप-चुनावमा स्थानीय तहको मतगणना सकिएको छ ।

स्थानीय तहको मतपरिणाममा डा. खिमलाल देवकोटा रामबहादुर थापा बादल भन्दा अगाडी छन् ।

डा. देवकोटाले १२८ मत प्राप्त गरेका छन भने बादलले १०३ मत प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन् ।

अब प्रदेशसभाको मत गन्न थालिएको छ । बागमती प्रदेशका प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष् उपाध्यक्षले मतदान गर्न पाउने निर्वाचनमा एमालेको बहुमत छ। तर एमालेको मत एक नहँुदा थापा र देवकोटा कसले निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्ने हुन आम चासोको विषय बनेको छ ।

साँझ साढे ६ बजेसम्म मतपरिणाम आइसक्ने जनाइएको छ ।