रुकुम पश्चिममा दोस्रोपटक निषेधाज्ञा थपिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको हो ।
रुकुम पश्चिममा १५ दिन निषेधाज्ञा थप भएको छ । जेठ ७ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा थप भएको हो । गत वैशाख १९ गतेदेखि वैशाख ३१ गतेसम्म पहिलोपटक निषेधाज्ञा लगाइएको थियो । फेरि जेठ १ देखि ७ गतेसम्म निषेधाज्ञाको समय थप भएको थियो ।
कोरोनाको संक्रमण दर बढ्दै गएकाले यसको रोकथाम नियन्त्रणमा सघाउ पुर्याइरहेको भन्दै थप १५ दिन निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहीबारको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप कडाई गर्नुपर्ने निष्कर्षसहित निषेधाज्ञा लम्बाइएको हो ।