logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय सहमतिको सरकार बनाऔं : प्रधानमन्त्री ओली


अंकुरण खबर
546
Shares

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेका हुन् ।

‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं,’ उनले भने, ‘कोभिड-१९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’

ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत र रचनात्मक समर्थन गर्ने पनि बताए।

उनले भने, ‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्। बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु । बनाउनुस् वैकल्पिक सरकार,’ म त्यसलाई स्वागत गर्नेछु। त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ। सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ।’

उनले दलहरूले वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि आग्रह गरे।