logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनका राष्ट्रपति सीलाई विमानस्थलमा उच्च सम्मान


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – दुई दिने राजकीय भ्रमणका लागि विश्वका शक्तिशाली राजनीतिज्ञ एवं चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजधानी काठमाडौं आइपुगेका छन्।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानसम्मै पुगेर स्वागत गरेकी थिइन्। दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न ५ बजे काठमाडौं ओर्लिएका चीनका राष्ट्रपति सीलाई स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, सांसदहरू, सरकारका विशिष्ट अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

राष्ट्रपति सीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीलाई उच्च सम्मान प्रदान गरिएको छ। सीको स्वागत गर्न मन्त्रीहरू ४ बजे नै विमानस्थल पुगिसेका थिए भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली भने सी विमानबाट बाहिर निस्किनु केही पहिले मात्रै विमानस्थल पुगेका थिए।

चीनबाट राष्ट्रपतिको तहमा २३ वर्षपछि नेपाल भ्रमण भएको हो। राष्ट्रपति सीलाई अबको केही बेरमा त्रिभुवन विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै होटल सोल्टीमा लगिनेछ। चीनको तर्फबाट राष्ट्रपति सीको नेतृत्वमा अन्य चार चिनियाँ उच्च अधिकारीसहित दर्जनौँ अधिकारी काठमाडौं आइपुगेका छन्।