logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महामारीसँग जुधिरहेका जनतालाई मध्यावधि निर्मम उपहार,कांग्रेस प्रवक्ता शर्मा, राष्ट्रपतिको यो कदम क्षम्य छैन् : डा.शेखर


अंकुरण खबर
2.392K
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड महामारीको यो संकटमा मध्यावधि निर्वाचनको मिति तोक्नु जनतामाथि निर्मम प्रहार भएको धारणा व्यक्त गरेका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् ‘महामारीमा मृत्युसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा’ ।

उनले प्रधानमन्त्री ओलीको अधिनायकवादको हाइवेको भ्रममा रहेको पनि आरोप लगाएका छन् ।
प्रवक्ता शर्माले ओली र नेपालले देशलाई यो अवस्थामा पु¥याएकाले अब लोकतन्त्र र संविधान रक्षा गर्न जनता अघिअघि र कांग्रेस पछिपछि हुने धारणा राखेका छन् ।

यस्तो छ शर्माको ट्वीट…

 

 

 

 

 

 

 

 

 

 

 

 

त्यस्तै कांग्रेसकै नेता डा.शेखर कोइरालाले मध्यरातमा राष्ट्रपतिले संविधान च्यातेको टिप्पणी गरेका छन् ।

डा.कोइरालाले ट्वीट गर्दै राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्यादा कुल्चिएर यस्तो गैरसंवैधानिक र गैरराजनीतिक कदमले चाल्दा देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको धारण व्यक्त गरेका छन् । राष्ट्रपतिको यो कदम कदापि क्षम्य नहुने उनले जनाएका छन् । यस्तो छ ।

यस्तो छ कोइरालाको ट्वीट….