प्यूठानमा घर बनाउन राखेको ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
गएराती सुतिरहेको बेला ढुंगा खसेर ९ बहिनी गाउँपालिका १ स्यालीवाङका बोमबहादुर मल्लको परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३८ बर्षीय मल्ल, उनका श्रीमती गमी मल्ल र साढे दुई वर्षका छोरा मेघराज मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
चार जना छोरीहरूमध्ये जेठी छोरी मामाघर गएको र तीन छोरी अर्को कोठामा सुतेकाले दुर्घटनाबाट जोगिएका छन् ।