logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी


अंकुरण खबर
1.313K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी गरेकी छन् ।

सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले आइतबार सो अध्यादेश जारी गरेकी हुन ।

संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

राष्ट्रपतिले सो प्रवाधनलाई संसोधन गरिएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी दल (जसपा) का अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोको माग पूरा गर्न यो अध्यादेश ल्याइएको बताइएको छ।