आज सोमबार पनि विदेशी मुद्राको दरमा थपघट आएको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । त्यसै गरि युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २६ पैसा छ भने बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा तोकेको छ ।
यस्तो छ अन्य देशको मुद्राको दर…