logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँके जिल्लामा फेरि एक साताका लागि निषेधाज्ञा थपियो


अंकुरण खबर
832
Shares

बाँके जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि पुनः थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जेठ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने बताए। जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

बाँकेमा पाँचौं पटक निषेधाज्ञा बढाइएको हो । जिल्लामा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा कायम छ । नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।

बाँकेमा पछिल्ला दिनमा मृत्यु र संक्रमणदरमा कमी आएको छ ।