बागमतीको प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ बाट सुरु हुने भएको छ।
प्रदेश प्रमुख विष्णु प्रसाईंले मन्त्रिपरिषद्को सिफारिसमा सिफारिसमा जेठ १६ गतेका लागि अधिवेशन अह्वान गरेका हुन्।
संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आव्हान गरिएको हो।
अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने बताइएको छ । संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ ।