logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बारामा जन्ती बोकेको बस दुर्घटना १६ जना घाइते


अंकुरण खबर
910
Shares

मानमत–कलैया–मटिअर्वा सडकखण्डको डाकाहामा सोमबार जन्ती बस पल्टिँदा १६ जना घाइते भएका छन् ।

घाइते हुनेमा बालबालिकासमेत छन् । ५ जना गम्भीर घाइते भएका छन् ।

रौतहटको गुजरा नगरपालिका–६, खतवैयाबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–१९, बहडिलवामा जाँदै गरेको ना४ख ४७४९ नम्बरको बस जितपुर सिमरा उपमहानगरपालकिा–१६ मा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक ३८ वर्षीय मुस्ताक खानको दाहिने खुट्टा काटिएको छ । अरु ४ जना जन्ती गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उचारको लागि कलैया अस्पताल र नेसनल मेडिकल कलेज वीरगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

बसका चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का ३० वर्षीय अखिलेश चौधरीलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । बसमा ३० जना सवार रहेको जनाइएको छ ।