logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञा उलंघन गर्नेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना


अंकुरण खबर
975
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड-१९ संकट व्यावस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान विपरित कुनै काम गर्न बाधा पुर्याउनेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना हुने गरी सजाय हुने जनाएको छ ।

सोमबार सार्वजनिक जानकारी निकाल्दै प्रशासनले अध्यादेशको मापदण्ड पालना नगर्नेलाई दुवै सजाय हुने जनाएको छ ।

त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा दुई सय रुपैयाँ जरिवाना लाग्ने छ ।