logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्यो


अंकुरण खबर
793
Shares

काठमाडौं – सुनको मूल्य दसैँ सकिएसँगै घट्ने क्रम जारी छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर तोलामा ७० हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन तोलामा ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै‚ आज तेजाबी सुनको मूल्य तोलामा ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी भने प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन पनि सोही मूल्यमा कायम रहेको थियो ।