logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चक्रवातको प्रभाव कायमै, अझै ३ दिन मौसम यस्तै रहने


अंकुरण खबर
819
Shares

बंगालको खाडीबाट आएको चक्रवातको प्रभाव कायमै रहेकाले आज पनि मौसममा बदली आउने छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको बुलेटिन अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशमा बदली भइर केही स्थानमा पानी परिरहेको छ । आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना रहेको छ । त्यस्तै प्रदेश १,गण्डकी, बागमतीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्ने छ ।

त्यस्तै (बिहीबार)भोलि देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

पर्सी (शुक्रबार) पनि चक्रवतको प्रभाव कायमै रहने छ । देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली तथा उच्च पहाडी भू-भागमा हिमपात हुने छ । यस अबधिमा सतर्कता अप्नाउन पनि विभागले सबैलाई आग्रह गरेको छ ।