प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध जन्मस्थलका बारेमा केही देशमामा पाठ्यक्रममा अझै पनि भ्रम रहेकाले त्यस्तो सच्याउन ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले २५६५ औं बुद्धजयन्तीको अबसरमा एक सन्देश जारी गरि यस्तो धारणा व्यक्त गरेका हुन् । उनले आजको वैज्ञानिक, सूचना प्रवृधिको युगमा यस्ता त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय नहुने भएकाले त्रुटि सच्चाई सत्य सिकाउन सबैमा ध्यानाकर्षण गराएका छन् ।
मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन बुद्धका उपदेशमा हिड्नु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।
प्रधानमन्त्री ओलीले भनेका छन् ‘‘बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको छ । बुद्ध मानव जातिको जरामरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनुभएको थियो, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु हुन्छ भयो ।’’