कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ ।
जुम्ला हिमा गाउँपालिका ७ निबासी ५७ बर्षिय एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
दम रोगले ग्रसित उनी जेठ ९ गते अस्पतालमा भर्ना भएका थिए । कोरोनो पोजेटिभ देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो ।
दम रोगले ग्रसित ५७ बर्षिय बिरामी सिकिस्त अवस्थामा अस्पताल ल्याइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले जानकारी दिए ।
अहिले एक जना कालिकोटको संक्रमितकोको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोछ । यसअघि कर्णाली प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका तीन जनाको मृत्यु भइसकेको छ । जसमा २ जना कालिकोटका र एक जना सुर्खेतको रहेका छन्।
आज जुम्ला जिल्लाकै बासिन्दाको पहिलो पटक कोरोनाबाट मृत्यु भएको हो । योसँगै जुम्लामा कोभिड -१९ बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।