पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
देशभर गरिएको २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ । देशभर एक हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, आज कोरोना भाइरसको संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।