नेपाललाई कोरोना महामारीविरुद्ध लड्न बेलायत सरकारले सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं ल्याइपुर्याइएको छ ।
२६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्डलगायत स्वास्थ्य सामग्री विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइएको हो। ती सामग्री विमानस्थलमै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन ।
परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड यूकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको छ ।