logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्यकर्मीमाथि कुटपिटको घटनाप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण


अंकुरण खबर
910
Shares

भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना संकटको समयमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल उच्च राख्ने वातावरण बनाइदिन अनुरोध गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको हो ।

‘नेपाल सरकारले तोकेको उपचार निर्देशिकाअनुसार उपचार गरिरहेको भेरी अस्पताल, नेपालगन्ज स्वास्थ्यकर्मी माथि गएराति भएको दुर्व्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी कहीँ कतै कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृंखल तथा गैरकानुनी अमानवीय गतिविधिहरू शून्य सहनशीलता राखी कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, मुलुकी फौजदारी कार्यविधि ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन आदि अनुसार कडाभन्दा कडा कारबाहीको प्रबन्ध गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’