राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले लेखेको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई बुझाएका छन् । अमेरिकाले जतिसक्दो छिटो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन पहल गर्ने जानाएको दूतावासले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस अघिनै भारतीय र चिनियाँ समकक्षीलाई खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन् । त्यही पत्रकै आधारमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।