logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारी कर्मचारीले तलबसहित १० दिनको पर्यटन बिदा पाउने, विद्यार्थीलाई ल्यापटप किन्न १% ब्याजमा ८० हजार दिने


अंकुरण खबर
1.521K
Shares

सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने बताए । यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ । निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने छ।

त्यस्तै सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।