logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकुम्बासीलाई १ वर्ष भित्र जग्गाधनी पूर्जा दिने, काठमाडौं उपत्यकालाई स्वच्छ बनाउन काठमाडौंका उद्योगलाई मकवानपुर स्थानान्तरण


अंकुरण खबर
1.118K
Shares

सरकारले भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।

जग्गा उपलब्ध गराइनेहरूको अभिलेख संकलन, नाप नक्सांकन लगायतका काम सम्पन्न गरी आगामी आवभित्रै जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए । त्यसका लागि ६८ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकालाई प्रदूषणरहित स्वच्छ बनाउन यहाँ भएका उद्योगलाई मकवानपुरको मयुरधापमा स्थानान्तरण गर्न प्रोत्साहन गरिने भएको छ ।

स्थानान्तरण हुन चाहने उद्योगलाई १० वर्षका लागि निःशुल्क जग्गा दिइने बताए मन्त्री पौडेलले जानए लिए ।