logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान


अंकुरण खबर
923
Shares

sf7df8f}F, @& c;f]h -/f;;_ M k|x/L dxflg/LIfs vgfnnfO{ labfO lrnLsf] ;flG6ofuf]df c;f]h @* b]lv sflQs ! ut];Dd ;~rfng x'g] OG6/kf]nsf] ** cf}F dxf;efdf efu lng cfOtaf/ /flt lrnL k|:yfgsf qmddf k|x/L dxflg/LIfs ;j]{Gb| vgfnnfO{ labfO ub}{ k|x/L cltl/Qm dxflg/LIfs 7"n] /fO{ . tl:a/M tl:a/ ;f}hGo M k|x/L k|wfg sfof{no

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका हुन् । १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अपराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरीक्षक खनाल चिली प्रस्थान गरेसँगै प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समालेका छन् ।