logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

डडेल्धुरामा कोरोना संक्रमणबाट श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या


अंकुरण खबर
2.379K
Shares

कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएपछि बाजुरामा श्रीमतीले आत्महत्या गरेकी छन् ।

डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

वडाध्यक्ष खगेन्द्र रावतका अनुसार शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा कठायतको मृत्यु भएको थियो । त्यसलगतै कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको प्रहारीले जनाएको छ ।

ज्वरो र रुघाखोकी लागेपछि कठायत २ जेठमा जिल्ला अस्पतालमा भर्ना भएका थिए । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्युलगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला परेको बताइएको छ ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेको बताइएको छ ।