logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसईई वैकल्पिक विधिबाट सञ्चान गर्ने बोर्डको तयारी


अंकुरण खबर
949
Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चान गर्ने तयारी गरेको छ ।

यसका लागि बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । कोरोनाभाइरस संक्रमण कम नभएकोले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने निचोडमा बोर्ड पुगेको छ ।

शनिबार बसेको बोर्ड बैठक बैठकले वैकल्पिक विधिबाट एसईई सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । बैठकपछि वैकल्पिक विधिबाट एसईई गर्न मन्त्रालयसँग अनुमति माग गरिएको उनले बताए ।

शिक्षा मन्त्रालयले एसईई कसरी गर्ने भन्ने निर्णय दिएपछि त्यसअनुसार अगाडि बढ्ने बोर्डको तयारी छ ।

गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो ।