नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।