logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा र ओलीबीच मन्त्रालय भागबण्डामा सहमति, जसपालाई ८ मन्त्री र २ राज्यमन्त्री


अंकुरण खबर
2.912K
Shares

जनता समाजवादी पार्टी (जसपा) र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मन्त्रालयको भागबण्डामा सहमति भएको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीसँग भएको छलफलमा सहमति जुटेसँगै जसपा सरकारमा जाने टुङ्गो लागेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतको सहभागीतामा भएको छलफलपछि जसपा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने भएको हो । छलफलमा अहिलेसम्म भएका कामको समीक्षा पनि भएको नेता कर्णले जानकारी दिंए ।

जसपाको ठाकुर पक्ष सरकारमा जाने तयारी गरिरहँदा पार्टीभित्र भने विवाद छ । त्यसैले आफ्नो पार्टीमा थप छलफल गरेपछि मात्र सरकारमा जाने विषयमा टुङ्गो लाग्ने नेता कर्णले बताए । त्यसपछि मात्रै कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने कुरा टुंगो लाग्ने उनको भनाइ छ ।

दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण मागेको अवस्थामा सिङ्गो पार्टीको विवाद तत्कालै समाधान नहुने भएकाले आफ्नो समूहभित्र मात्रै छलफल हुने कर्णले बताए ।