logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डे विजयी


अंकुरण खबर
741
Shares

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।

सोमबार (आज) भएको उपनिर्वाचनमा गठबन्धन नेता पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले पराजित गरेका हुन् । पाण्डेले ४१४० मत ल्याएका छन् । पराजित खड्काले ३५९४ मत पाए ।

कांग्रेस उम्मेदवार पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम पक्ष, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको समेत समर्थन थियो। खड्कालाई भने जसपाको महन्थ ठाकुर समूहको मात्र साथ थियो ।

पाण्डेय केही समयअघि प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।