logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, खाद्य पसल खोल्ने तयारी


अंकुरण खबर
2.496K
Shares

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने छ ।

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ  प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ  ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ ।

उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ ।

निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।