सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारबीच छलफल भइरहेको छ ।
इजलास गठनका विषयमा भएको विवाद र उठेका प्रश्न कसरी निवारण गर्न सकिन्छ भन्ने सम्बन्धमा प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल भएको हो ।
संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद भइरहेको छ ।
विवादका बीच पनि आजको इजलास गठन गर्दा राणाले यी दुबैलाई निरन्तरता दिएका छन् ।