logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महन्थ पक्षद्वारा उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन


अंकुरण खबर
1.495K
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले जानकारी दिए ।

यादवलाई कारबाही गरिएको पत्र आजै निर्वाचन आयोगमा बुझाइएको छ । उपेन्द्र यादव पक्षले महन्थसहितका चारजना नेतालाई निष्कासन गरेको थियो ।