logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

टिप्पर दुर्घटना हुँदा एकको मृत्यु


अंकुरण खबर
1.456K
Shares

पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिप्पर दुर्घटनामा रूपन्देहीको सियारीका १८ वर्षीय विवेक खत्रीको मृत्यु भएको हो।

होङ्सी शिवम् सिमेन्टको चुनढुंगा खानीनजिकै लु२ख ३५८७ नम्बरको टिप्पर दुर्घटना हुदाँ टिप्परका सहचालक खत्रीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

दुर्घटनामा परी रिब्दिकोट गाउँपालिका–८ फेकका ३२ वर्षीय चालक गणेश कुँवर सख्त घाइते भएका छन् । घाइते कुँवरको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।

आइतबार बेलुका दुर्घटना भए पनि घटनास्थल जिल्ला सदरमुकामदेखि झन्डै ७० किलोमिटर पूर्व दुर्गम गाउँमा भएकाले सोमबार बिहान मात्र जानकारी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।