logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा जेठ ३१ सम्मका लागि थपियो निषेधाज्ञा : किराना, पुस्तक पसल र निर्माण क्षेत्र केही खुला


अंकुरण खबर
702
Shares

काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि लम्ब्याइएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले ११ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न र किराना पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय पनि गरेको भक्तपुर जिल्लाका प्रशासन प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यस्तै विकास निर्माणका सामग्रीहरु राती ओसार्न र दिउँसो काम गर्न पाइने छ ।

असार १ देखि शैक्षिक सत्र शुरु हुने भएकोले पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइने बैठकले निर्णय गरेको छ । अन्य व्यवस्था पुरानै यथावत् रहने भट्टराईले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि जेठ २० गते भोलिबाट सकिँदैछ ।