रौतहटमा निषेधाज्ञा फेरि लम्ब्याउँदै अगामी जेठ २६ गते रातिसम्म कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी जेठ २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।
रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना संक्रमितको दर घटेएकाले निषेधाज्ञालाई निरन्तरता दिईएको जानकारी दिए ।
