logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाका दुवै अध्यक्षले निर्वाचन आयोगमा बुझाएको पत्र खारेज


अंकुरण खबर
715
Shares

निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले बुझाएको पत्र खारेज गरेको छ ।

मंगलबार दुवै जनाले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र आयोगमा दर्ता गराएका थिए । बुधबार बसेको आयोगको बैठकले दुवै पत्र एक साथ खारेज गरेको हो ।

बैठकले पुनः प्रक्रिया पुर्याएर आउन दुवै पक्षलाई पत्राचार गर्ने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले लेखिएको पत्रमा यादवलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिमको प्रक्रिया पुरा गरेर आउन भनिएको छ । यस्तै ठाकुरलाई त्यसका साथै केन्द्रीय सदस्यको हस्ताक्षरसमेत समावेश गर्न भनिएको छ ।

यादवले आयोगलाई पठाएको पत्रमा ५१ सदस्यीय कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षर पनि सँगै बुझाएका थिए भने ठाकुरले कारबाही गरिएको जनाउँदै अध्यावधिकका लागि मात्रै पत्र पठाएको आयोगले जनाएको छ ।