नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य ९४ हजार ४०० रुपैयाँमा कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य थप १५ रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।