logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु


अंकुरण खबर
3.133K
Shares

सप्तरीमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका-३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको करेन्ट लागेर मृत्यु भएको हो ।

राय खेतमा तरकारी टिप्न गएकी थिइन् । सुंगुर तथा स्लालबाट बच्नका लागि खेतमा नांगो तार बिछ्याइएको थियो । सोही तारमा परी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

शव परीक्षणका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिह अस्पतालमा लगिएको छ ।