logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पछिल्लो २४ घण्टामा थपिए ६८२५ जना संक्रमित, ७५ जनाको मृत्यु


अंकुरण खबर
1.274K
Shares

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका हुन् ।

आज ५ हजार ९०४ जना संक्रमित निको भएका छन् । देभभर ८३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७५ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर एक लाख १ हजार ८३९ जना संक्रमित रहेका छन् ।