logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकलको ठक्करबाट वृद्धकोे मृत्यु


अंकुरण खबर
2.691K
Shares

कैलाली जिल्लाको खुटियामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ। सोमबार बिहान से ३ प ६०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चुरे गाउँपालिका वडा नम्बर ३ का ६६ वर्षीय रामचन्द्र आचार्यको ज्यान गएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अत्तरिया स्थित पद्मा अस्पताल लगिएको थियो। थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-९ का ३८ वर्षीय बिसरामचौधरी पनि गम्भीर घाइते भएका छन् । उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।