साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँसमा छुट दिने भएको छ ।
सरकारले बजेटमार्फत गरेको घोषणाअनुसार साल्ट ट्रेडिङले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिन लागेको हो । उसले छुटसहितको मूल्यसूची बिहीबार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको मूल्यसूची अनुसार बजारमा प्रतिकिलो पिठोको मूल्य ४४ रुपैयाँ, चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा, नूनको प्रतिकिलो १६ रुपैयाँ, भटमासको तेलको प्रतिलिटर १८८ रुपैयाँ तोकिएको छ ।
यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिन्डर ११ सय २० रुपैयाँ तोकिएको छ ।
साल्ट ट्रेडिङले दिएको छुट लिन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।