logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै शिक्षकले कुटे स्वास्थ्यकर्मी


अंकुरण खबर
1.573K
Shares

हुम्लाको दक्षिण क्षेत्रमा पर्ने चंखेली गाउँपालिकामा होम आईशोलेसनमा बसेकी श्रीमतीको उपचार नगरेको भन्दै एकजना शिक्षकले चिकित्सकमाथि हातपात गरेका छन् ।

संक्रमित ती महिला होम आइसोलेशनमा बसेको बेला गाउँपालिकाका स्वास्थ संयोजक काली बहादुर वुढाले दिनदिनै नहेरेको भन्दै चंखेली गाउँपालिकाका शिक्षक अमृत रोकायाले हातपात गरेका हुन् ।

‘दिनहुँ उपचार गर्न किन नआएको भन्दै रोकायाले मलाई कुटपिट गरे,’ स्वास्थ्य संयोजक बुढाले भने ।

स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि यतिवेला प्रहरी घटनास्थल पुगेको छ । कुटपिटको उजुरी आएपछि आइसोलेसनमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान थालिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।