पार्टीले आफूमाथि गरेको कारवाहीविरुद्ध जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
रिटमा उनले आफूलाई असंवैधानिक तरिकाबाट पार्टीले कारवाही गरेको दाबी गरेका छन् । उनको रिटमाथि आइतबारका लागि पेशी तोकिएको छ ।
पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा जनमोर्चाले उनको सांसद पद खारेज भएको पत्र प्रदेशसभामा दर्ता गराएको थियो । त्यसलगत्तै प्रदेशसभाले उनको पद खारेज भएको सूचना प्रकाशित गरेको थियो ।