logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ६६५३ जना संक्रमित, १०१ जनाको मृत्यु


अंकुरण खबर
884
Shares

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमित निको भएका छन् । भने देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ ।

देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन् ।