logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

मन्त्रिमण्डल पुनर्गठनमा एमालेका ४ मन्त्रीमात्र दोहोरिदै, जसपाका १० मन्त्री थप्ने,नयाँ मन्त्रीहरुको साँझ ८ बजे सपथ


अंकुरण खबर
1.664K
Shares

आज साँझ हुन लागेको मन्त्रिमण्डलमा धेरै मन्त्रालयमा नयाँ मन्त्री आउने भएका छन् ।

जनता समाजवादी पार्टी(जसपा)को महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरू समेटेर मन्त्रिमण्डल पुनर्गठन हुन लागेको हो । स्रोतमा अनुसार नयाँ बन्ने मन्त्रीमण्डलमा एमालेबाट विष्णु पौडेल अर्थसहित र रघुवीर महासेठ परराष्ट्रसहित उपप्रधानमन्त्री बन्ने भएका छन् । त्यस्तै स्वास्थ्यमन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले लिने भएकाछन् ।

जसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोसहित जसपाका नेताहरु केशव झाका अनुसार जसपाबाट शरतसिंह भण्डारीले ऊर्जा, अनिल झाले खानेपानी, विमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन, लक्ष्मणलाल कर्णले भूमिसुधार, चन्दा चौधरीले महिला र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने छन् ।

त्यस्तै चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन् । नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी राष्ट्रपति निवासमा ८ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।