नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको छ।
शुक्रबार चाँदी तोलामा १हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।