logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ


अंकुरण खबर
832
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ।

सरकारी पक्षका कानून व्यवसायीको झमेलका कारण आइतबार प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ हुन सकेको थिए। आइतबार न्यायाधीशहरूकै विषयमा बहस भएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए। सरकारी पक्षका कानून व्यवसायीले न्यायाधीशहरू कार्की र भट्टराईलाई संवैधानिक इजलासबाट अलग हुनुपर्ने माग गरेका थिए।

जसले गर्दा दिनभरको बहस न्यायाधीशमै केन्द्रीय भएको थियो। रिट निवेदक तर्फका कानून व्यवसायीले राज्यले न्यायपालिकामाथि आक्रमण गरेको जिकिर गरेका थिए। सरकारी पक्षलाई न्यायाधीशलाई इजलासबाट अलग होऊ भन्ने अधिकार नभएको कानून व्यवसायीको भनाइ थियो।

दिनभर त्यसमै बहस भएपछि प्रधानन्यायाधीश जबराले मुद्दालाई हेर्दाहेदैमा राखेका थिए। त्यसको पेशी आज तोकिएको छ।

प्रधानमन्त्री केपी शर्माको ओलीको सिफारिसमा राष्ट्रपनि विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले कात्तिक र मंसिरमा चुनाव तोकेकी छिन्।

त्यसका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यस्तै, बिभिन्न कानून व्यवसायीले पनि रिट दायर गरेका थिए।