काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।
मंगलबारबाट सुरु हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई समेटिने छ । यही जेठ २९ गतेसम्म भेरोसेलको पहिलो डोज लगाइने महानगरपालिकाले जनाएको हो ।
खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ । आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ । खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।
भेरोसेलको पहिलो डोज लगाइसकेकालाई अहिले तत्काल दोस्रो डोज दिइने छैन । कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै यो खोप लगाउन पाउने महानगरले जनाएको छ ।
