logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञामा जुवा खेलिरहेका ६ जना पक्राउ


अंकुरण खबर
936
Shares

दाङमा निषेधाज्ञाका समयमा जुवामा मस्त ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा घोराही उपमहानगरपालिका १५ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले एक लाख ३९ हजार रकम समेत वरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षीय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापा रहेका छन् ।