नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेपाल निवास कोटेश्वरमा आज दुई नेताबीच छलफल भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता प्रस्ताव आह्वान गरे लगत्तै दुईजनाबीच भएको भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ ।
आजै एमालेको माधव-झलनाथ पक्षका स्थायी कमिटीका नेताहरूबीच छलफल हुँदैछ । त्यसको पूर्व सन्ध्यामा नेता नेपाललाई भेट्न दाहाल उनको निवास पुगेका थिए ।
करिब १० मिनेट मात्रै भएको भेटवार्तामा के-के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन ।