logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा सुरु


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन तथा महाअधिवेशन मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । सम्मेलन ३० गतेसम्म चल्नेछ । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ नारासहित आयोजना गरिएको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी छन् । महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वसमेत चयन गर्नेछ ।

आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय कुल कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।